मधेशी नेताको स्वार्थले तराई उठ्न सकेन : प्रधानमन्त्री ओली

pm oliकाठमाडौं–असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थगत राजनीतिका कारण तराई विकासमा पछि परेको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १५ औं बैठकमा प्रधानमन्त्री ओलीले मधेश केन्द्रित नेताकै गलत सोचका कारण तराई–मधेश पीछडिएको बताउनुभएको हो । उहाँले सबै जातजाति एकजुट भएर अगाडि बढे मात्रै देशको समग्र विकास हुने बताउनुभएको थियो ।

सबै जातजाति, पेशा व्यवसायी र क्षेत्रका एकताको सुत्रमा बाँधिएर देशको विकासमा लाग्नुपर्ने  प्रधानमन्त्री ओलीको धारणा थियो ।

Published On:  338पटक हेरिएको

तपाईको प्रतिक्रिया