बजेटमाथिको छलफल जारी

Samsad-bhawan-1काठमाडौं–असार ८ । व्यवस्थापिका संसदमा बजेटमाथिको छलफल आज पनि जारी रहेको छ । गत जेठ १५ गते संसदमा पेश भएको बजेटको सैद्धान्तिक छलफल यसअघि नै सकिएपछि अहिले मन्त्रालयगत छलफल जारी रहेको हो ।

गत सोमबारबाट शुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले बजेट हेर्दा आकर्षक भएपनि ठूला तथा महत्वपूर्ण आयोजना र दिगो विकासका दृष्टिकोणले फलदायी हुनसक्ने भन्दै मिश्रित प्रतिक्रिया दिएका छन् । छलफलका सहभागी सांसदहरुले बजेट आकर्षका भएपनि थुप्रै ठूलो आयोजनाहरुमा बजेट कम भएको गुनासो गरेका छन् । बजेटले लिएका लक्ष्यहरु हासिल हुनेमा शंका समेत व्यक्त गरेका सांसदहरुले बजेट कार्यान्वयनमा देखिएका विगतका समस्याबाट पाठ सिकेर अघि बढ्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ।

असार दोस्रो साता विधेयकको दफावार छलफल सकिएपछि अर्थमन्त्रीले जवाफ दिने र बजेट पारित गर्ने तयारी सरकारको रहेको छ । बजेट छलफल संविधान लेखनदेखि असन्तुष्ठ रहदै आएको संघीय गठबन्धनका सांसदले बहिष्कार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया