काबुल बम बिष्फोटका मृतक तथा घाइतेलाई छिट्टै नेपाल ल्याइने

kabul bisfotकाठमाडौं–असार ७ । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम बिष्फोटमा मारिएका तथा घाइते भएका नेपालीलाई स्वदेश ल्याउन सरकारले विमान पठाउने तयारी थालेको छ ।

सरकारको तर्फबाट नेपाल एअरलाइन्सको विमान त्यसतर्फ पठाउन लागेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो । पाकिस्तानमा कार्यरत कार्यवाहक राजदूत तीर्थराज अर्याललाई काबुल खटाएर मृतकहरुको शव नेपाल ल्याउन आवश्यक समन्वय गरेको परराष्ट्र मन्त्रालयलको भनाइ छ । सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा १२ नेपालीले ज्यान गुमाउनु परेको थियो । उक्त घटनामा परि ७ जना नेपाली घाइते भएका छन् ।

परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानका विदेश मन्त्री सलाउद्धिन रब्बानी मार्फत घाइतेको उपचारको प्रवन्ध गर्न तथा मृतको शब नेपाल पठाउन सहयोग गर्न आग्रह गरेको जानकारी ट्विटर मार्फत दिनुभएको छ ।

तपाईको प्रतिक्रिया