भूकम्पपीडितको अवस्था र पुनस्र्थापना बारे सरकारसँग जानकारी माग

काठमाडौं–असार ७ । भूकम्पपीडितको अवस्था र पुनस्र्थापनाका लागि भएगरेको कामबारे जानकारी दिन संसद्ले सरकारलाई निर्देशन दिएको छ ।

vlcsnap-2016-06-20-15h19m27s336मंगलबारको संसद् बैठकमा सांसद्हरुले भूकम्पपछिको पुनः निर्माणको ढिलाईमा चासो राख्दै सरकारको आलोचना गरेपछि कामको जानकारी दिन सरकारलाई संसद्ले निर्देशन दिएको हो । सभामुख ओनसरी घर्तीले बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफसहित संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको हो ।

वर्षा लागिसक्दा समेत भूकम्पपीडितको पुनस्र्थापनामा चासो नदेखाएको भन्दै बैठकमा कांग्रेस सांसद् अर्जुनप्रसाद जोशीले पुर्ननिर्माण प्राधिकरणलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको र भूकम्पपीडितको पीडामा बेखबर रहेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।

Published On:  311पटक हेरिएको

तपाईको प्रतिक्रिया