काठमाडौं– ७ असार । संसद्ले बैक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) मा संशोधन र एकीकरण गर्न बनेको विधेयक अपूर्ण र सुधार आवश्यक रहेको भन्दै अर्थ समितिमै फिर्ता पठाएको छ ।
मंगलबार बसेको संसद बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक समितिमा फिर्ता पठाउन गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडलले बैंकका सञ्चालक र अध्यक्षको पदावधि, संस्थापक शेयर परिवर्तन लगायतका सम्बन्धमा अन्र्तराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकता अनुकुल हुने प्रावधान तर्जुमा गर्नुपर्ने भन्दै बाफिया सम्बन्धी प्रतिवेदन अर्थ समितिमा फिर्ता पठाउन प्रस्ताव गर्नुभएको थियो ।
समितिले संसोधनमार्फत् बैंकका संचालक तथा अध्यक्षको कार्यकाल नतोक्ने, संस्थापक शेयर ७ वर्षमा साधारण शेयरमा परिणत गर्न पाइने र त्यसका लागि राष्ट्र बैंकको स्वीकृति समेत लिननपर्ने गरी प्रतिवेदन पेश गरेको थियो । विधेयकमाथि चौतर्फी विरोधभएपछि संसद्ले विधेयक र प्रतिवेदनका ११ वटा दफा र उपदफा किटान गरेर पुर्नविचार गर्न निर्देशन सहित फिर्ता पठाएको थियो ।