काठमाडौं—असार ७ । दोस्रो अन्तराष्ट्रिय योग दिवश नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइएको छ ।
अन्तराष्ट्रिय योग दिवसका अवसरमा सरकारले सामुहिक योग कार्यक्रम गरेको थियो । नारायणहीटी दरवारको दक्षिण ढोका क्षेत्रमा भएको योगा कार्यक्रममा सयौं सर्वसाधारणले सामुहिक रुपमा योगअभ्यास गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले योगले मानिसको शारिरिक तथा मानसिक अवस्था तन्दुरुस्त राख्ने मात्र नभई समाजलाई एकताबद्ध बनाउन समेत महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको थियो ।
यस्तै, उक्त कार्यक्रममा स्वास्थ्यमन्त्री रामजनम चौधरीले स्वास्थ्यका लागि योग आवश्यक भएको भन्दै योगलाई दैनिक जिवनयापनसंग जोड्नुपर्ने बताउनुभएको थियो । यो कार्यक्रममा प्रधानमन्त्री सहित मन्त्रीहरु र सर्वसाधारण सहभागि भएका थिए भने देशका विभिन्न स्थानमा योग शिभिर सहितका योगाभ्यास र विविध कार्यक्रम भएका थिए । संयुक्त राष्ट्रसंघको आह्वानमा गत बर्षदेखि आजकै दिन संसारभर योग दिवस मनाउन थालिएको हो ।
राष्ट्रसंघले एकता र शक्तिको सन्देश दिन योग दिवस मनाउने गरेको जनाएको छ ।