तिलिङ्गे खोला लघुजलविद्युत् आयोजना अलपत्र

जाजरकोट–असार । जाजरकोट जिल्लाको अर्छानी गाविसको तम्तीमा निर्माणाधीन ३५ दशमलव ५० किलोवाट क्षमताको तिलिङ्गे खोला लघुजलविद्युत् आयोजना अलपत्र परेको छ ।

vlcsnap-2016-06-20-22h04m22s985आर्थिक अभावले आयोजना १० वर्ष देखि अलपत्र परेको बताइएको छ । भौगोलिक विकटता र लागत अनुसार रकम अभाव हुदा आयोजना अलपत्र भएको आयोजनका अध्यक्ष रणबहादुर शाहीले बताउनुभएको छ । आयोजनाले अर्छानी गाविसको तीनवटा ७,८ र ९ वडामा विजुली बाल्ने गरी काम सुरु गरेको थियो । २०७३ सालभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजना पुरा नहुँदा ३ सय ५५ घर परिवार विद्युत सेवाबाट बन्चित भएका छन् भने निर्माण सामग्रीमा खिया लाग्न थालेको छ ।

दुई करोड ६६ लाख लागतमा निर्माण हुने आयोजनामा १ करोड ७४ लाख रुपैयाँका सामान खरिद गरेपछि अलपत्र भएको थियो ।

तपाईको प्रतिक्रिया