पर्यटन बोर्डसँग नै छैन पर्यटकको तथ्यांक र पर्यटन प्रवर्धन योजना

काठमाडौं–असार । नेपालको पर्यटकिय क्षेत्रको प्रचार/प्रसार र प्रर्वधनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्ड आफै उद्देश्य विहिन छ । अनि यस्तो निकायबाट कसरी होला नेपालमा पर्यटकिय विकास र प्रर्वधन ।

tourism boardअचम्मको कुरा त यो छ, बोर्ड आफुसँग २०१४ पछि  नेपाल आएका र भ्रमण पुरा गरेर फर्किएका पर्यटकको वास्तविक तथ्याङक नै छैन । बोर्डका कर्मचारी कसैले तथ्याङक नै नमागेका कारण यसबारे अपडेट नभएको भन्दै ग्रैह्र जिम्मेवार जवाफ दिइरहेका छन् । ६१ जनाको दरवन्दी रहेको यो निकायसँग पर्यटन प्रवर्धन र विकास बारेको भावि योजना त छैन नै उल्टै तथ्यांक संकलनको सामान्य काम समेत नगरेर आफ्नो नालायकिपन उदांगो पारिरहेको छ, पर्यटन बोर्डले । गत आर्थिक वर्षमा पर्यटन प्रर्वधनका लागि छुट्याइएको ८० करोड वजेट समेत पर्यटकिय क्षेत्रको विकासको नाम भजाएर विभिन्न क्षेत्रमा मनोमानी वाँडफाँड गरेको बोर्डका कर्मचारी विदेश भ्रमण र मनोमानी रुपमा विदामा बस्न व्यस्त छन् ।

भूकम्प र नाकाबन्दिबाट जर्जर भएको पर्यटन व्यसाय उकास्दै देशको अर्थतन्त्र मजबुत बनाउन जिम्मेवार बन्नुपर्ने निकाय आफै ग्रैह्र जिम्मेवार देखिनु कत्ति जाय होला ? यस्तो निकायबाट साँचो अर्थमा पर्यटन प्रवर्धन होला वा अझ खस्केला ?

Published On:  450पटक हेरिएको

तपाईको प्रतिक्रिया