पुर्वी पृतना ट्रफी भलिवल–पँहेलो टिम विजयी

सप्तरी–असार ६ । ओलम्पिक डेका अवसरमा सप्तरीको राजविराजमा आयोजना भएको पुर्वाञ्चल क्षेत्रीय पुर्वी पृतना ट्रफी भलिवल प्रतियोगिताको उपाधि सेनाको पँहेलो टिमले हात पारेको छ ।

सोमवार सम्पन्न वेष्ट अफ फाईव फाईनल खेलमा सेनाकै रातो टिमलाई २५–१९, १९–२५, २२–२५ र २७–२९ ले हराउँदै पँहेलो टिमले उपाधि उचालेको हो । पहिलो सेटमा पराजय भोगे पनि त्यसपछि लयमा फर्केको पँहेलो टिम लगातार ३ सेट जित्दै च्याम्पियन वनेको हो । असार १ गते देखि संचालित प्रतियोगितामा पुर्वी पृतना हेड क्वाटर अन्तर्गतका सगरमाथा, कोशी र मेची अंचललका १२ वटा गण र ५ गुल्मका गरी १७ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धामा सहभागी टिमका खेलाडिहरु मध्ये प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीहरुको छनौट गरी रातो र पँहेलो दुई टिमको निर्माण गरी अन्तिम प्रतिस्पर्धा गराईएको आयोजकले जनाएको छ ।

Published On:  453पटक हेरिएको

तपाईको प्रतिक्रिया