नवलपरासी–असार ६ । तराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट नवलपरासीमा सुरु भएको छ ।
तमलोपाले पार्टी स्थापनको नौ वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको उद्घाटनपछि आजै विधान संशोधन तथा परिमार्जन समितको प्रतिवेदनमाथि छलफल हुने छ । नवलपरासीको रामग्रामस्थित स्थानीय आर्दश उच्चमाविमा तीनदिनसम्म चल्ने महाधिवेशनमा काठमाडौ उपत्यकाका तीन जिल्लासहित देशका २५ जिल्लाबाट १ हजार प्रतिनिधि र ४ सय पर्यवेक्षक सहभागि भएको बताइएको छ । महाधिवेशनमा सहभागि हुन छिमेकी मुलुक भारतका ६ वटा दलका नेता नवलपरासी आएको पनि तमलोपाले जाकारी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष पशुपति शम्सेर जबरा र अन्य बिभिन्न दलका नेताहरु उद्धघाटनमा भाग लिन नवलपरासी पुग्नु भएको छ । शिर्ष नेता र विदेशी पाहुनाहरु आगमनलाई मध्येनजर गर्दै सदरमुकाम परासी र कार्यक्रम स्थल आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।