मानव बेचबिखन बिरुद्ध नेपाली न्यायप्रणाली उत्कृष्ठ

काठमाडौं–असार ६ । मानव बेचबिखनका घटनामा पीडित भएकाहरुलाई न्याय दिने विषयमा नेपालको न्यायप्रणाली उत्कृष्ठ भएको एक अध्ययनले देखाएको छ ।

manab taskarकाठमाडौंमा सोमबार मानव बेचबिखन मुद्दामा परेका दलालहरूको अवस्थाबारे सार्वजनिक गरिएको तथ्याङ्कले मानव बेचबिखन घटनाका पीडितलाई न्याय दिने सवालमा नेपालको न्यायप्रणाली उत्कृष्ट देखाएको हो । सर्वेक्षण प्रतिवेदनले नेपालमा मुख्यगरी झुठो विवाह गर्ने र रोजगारको सपना देखाएर महिला बेचिने गरेको देखाएको छ ।

कार्यक्रममा चितवन जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरले मानव बेचबिखनका घटना न्यूनिकरण गर्न मानव बेचबिखन तथा ओसारपसार ऐनको प्रभावकारी कार्यान्वयन जरुरी हुने बताउनुभएको थियो ।

Published On:  375पटक हेरिएको

तपाईको प्रतिक्रिया