विभिन्न कार्यक्रम गरी स्काउट दिवस मनाइयो ।

आसार ५ । नेपालमा विभिन्न कार्यक्रम गरी स्काउट दिवस मनाइएको छ । नेपाल स्काउट स्थापना भएको ६४ औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी स्काउट दिवस मनाइएको हो । नेपाल स्काउटले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले सभ्य समाज निर्माणका लागि स्काउटले महत्वपूर्ण भूमिका खेलेपनि नेपाली समाज सभ्य हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले नीति निर्माण तहमा काम गर्ने उच्च राष्ट्र सेवक कर्मचारीहरू असभ्य रहेको पनि आरोप लगाउनुभयो । मन्त्री मण्डलले गणतन्त्र दिवशको अवसरमा राष्ट्रसेवक मानपदवीको लागि सागमा स्वर्ण पदक विजेता निमा घर्तीमगरलाई सिफारिस गरेपनि उच्च कर्मचारीहरूले नाम हटाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

Published On:  712पटक हेरिएको

तपाईको प्रतिक्रिया