अझै घटेन तरकारीको भाउ, महंगीको मारमा सर्वसाधारण

काठमाडौं–असार । वर्षायाम सँगै स्वदेसी उत्पादन बढ्न थालेपछि समेत तरकारीको भाउ घट्न सकेको छैन । बजारमा मौसमी तरकारीको उत्पादन वृद्धि भइरहेको अवस्थामा समेत अनुगमन र नियमन हुन नसक्दा तरकारीमा चर्को महँगी खेप्न बाध्य छन्, सर्वसाधारण । vegetable_nepal
भूकम्प र ६ महिना लामो नाकाबन्दीलाई कारण देखाउँदै गत साल देखि नै तरकारीमा बढेको महँगी अझै नियन्त्रण हुन सकेको छैन । तरकारीमा महँगी बढ्नुको कारण सुख्खायाम भएको बताउँदै आएका व्यवसायी वर्षायामसँगै मौसमी तरकारी उत्पादनमा वृद्धि भैसक्दा पनि भाउ घटाउन तयार छैनन । यसको प्रत्यक्ष मारमा परेका छन्, सर्वसाधारण । किसानबाट सस्तो मुल्यमा किनेर ल्याएको तरकारी विचौलिया हुँदै थोक विक्रेताकहाँ पुग्दा भाउ तेव्वर मुल्यसम्म पुग्ने गरेको अर्थविद्हरु बताउँछन ।

खुद्रामुल्यमा विक्री हुँदा कृषकले लिएको मूल्यको तुलनामा प्रतिकिलो ७ गुनासम्म महँगो उपभोक्ताले तिर्नुपरेको छ । मनोमानी ढंगले खुद्रा मुल्यमा तरकारी विक्री वितरण भैरहँदा पनि बजार अनुगमन र नियमन गर्ने निकायहरुको यतातर्फ सचेत छैनन । जसका कारण आम उपभोक्ता महँगीको मार खेप्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया