सडक सास्ती कायमै, विस्तारको काम कछुवा गतिमा

Sadak Behalकाठमाडौं–असार । सडक विस्तार अभियान चलेको तीन बर्ष भन्दा बढि भएको छ । तर यो अभियान अहिलेसम्म पुरा भएको छैन । निर्माणको काम समयमै पूरा नहुँदा सर्वसाधारणले धूलो र हिलोको सास्तीबाट अझसम्म छुटकारा पाउन सकेका छैनन ।

बर्षौदेखि काठमाडौं उपत्यकामा सडकको अवस्था उस्ताको उस्तै छ । सर्वसाधारणले घाम लाग्दा धूलो र पानी पर्ने वित्तिकै हिलोको समस्या झल्दै आएको तीन बर्ष भन्दा बढि भइसक्यो । समयमै सडक विस्तारले पूर्णता पाउला र सहज महशुस गर्न पाइला भनेर आसा गरेका बसेका सर्वसाधारण एउटै सडकको बर्षौसम्म पनि विस्तार कार्य नहुँदा आजित बनेका छन् । सडक विस्तार आफैमा सहरानीय काम भएपनि समयमा पूरा नहुँदा यसबाट सर्वसाधारणले सास्ती पाएका हुन् ।

सडक विस्तारको जिम्मा पाएका निकायले तीन बर्ष लगाएर कुल विस्तार गर्ने लक्ष्य लिइएको १ सय ४७ किलोमिटर सडक विस्तारको काम मध्ये अहिलेसम्म आधा मात्र सडक विस्तारको काम पूरा गरेका छन् । काठमाडौंको त्रिपुरेश्रदेखि थानकोट, चक्रपथ क्षेत्र, सामाखुसी लगायतका ठाउँहरूमा सडक विस्तारको काम भइरहेको छ । अहिले काठमाडौंमा मुख्य सडक मात्र नभएर अन्य विभिन्न भित्री सडकहरू निर्माणको क्रममा छन्, तर कछुवा गतिको कामले सुविधा भन्दा बढी सास्ती बढेको छ ।

सडकमा धुवाँ र धूलोको कारण सर्वसाधारणले जति नै दुख पाएपनि सडक विस्तारको काम भने कछुवा गतिकै चालमा भइरहेको छ । अझ बर्षयाम शुरू भएसँगै विस्तारका लागि भत्काइएका सडक हिलाम्य भएपछि सर्वसाधारणको यात्रा कठिन बनेको छ । सर्वसाधारणले पाएको सास्ती र स्वास्थ्यलाई मध्यनजर गरेर भएपनि सरकारले सडक विस्तारको कामलाई समयमै पूरा गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया