पाल्पामा अनारको नयाँ प्रजातीको विकास

पाल्पा–असार । नेपालमा प्लास्टिक पोखरी र टनेलमा गोलभेडा खेतीको प्रविधी भित्र्याएका पाल्पा मदनपोखरा ५ का कृषक नगेन्द्र पाण्डेले नयॉ जातको अनार खेती शुरु गर्नुभएको छ ।

anar ba२ बर्ष देखी २५ बर्ष सम्म फल लाग्ने भाग्वा जातको अनारको पाण्डेले व्यबसायिक उत्पादन शुरु गर्नुभएको हो । ८ रोपनी क्षेत्रफलमा लगाएको अनार लटरम्म फलेका छन । भारत, थाईल्याण्ड, मलेसिया र इजरायलमा अनारको व्यबसायिक उत्पादनको तालिमपछि आफ्नै बारीमा परिक्षण गरेर भाग्वा जातको अनार व्यबसायिक खेती गर्नुभएको हो । विदेशबाट फर्किएका युवाहरुलाई साथमा लिएर जिल्लाको गल्धामा २ हजार रोपनी, यम्घामा २ हजार रोपनी र सोमादीमा ३ हजार रोपनी क्षेत्रफलमा भाग्वा जातको अनार खेती विस्तार गरेका छन् । परिक्षण गरेका ७ प्रजातीका अनार मध्ये भाग्वा जातको अनार सफल भएकोले यसको व्यबसायिक खेतीमा लागेको पाण्डेले बताउनु भयो । ४ लाख भन्दा बढी विरुवाको माग आएको र एक पटक लगाएपछि २५ बर्ष सम्म उत्पादन लिन सकिने उनको भनाइ छ ।

लगाएको ५ बर्ष देखी नै एक बोटबाट ३० देखी ४० किलो फल लाग्ने गर्दछ । समुद्रि सतह देखी २०० मिटर देखी १५०० सय मिटर उचाई पानी नजम्ने भागमा भाग्वा जातको अनारको उत्पादन राम्रो हुने देखिन्छ । २०४२ सालमा भुमिसुधार कार्यालयमा खरिदार जागिर छोडी पाण्डे व्यावसायिक कृषि पेशामा लाग्नुभएको थियो । नेपालभरी नै व्यवसायिक उत्पादन गरेमा १० बर्ष भित्र विदेशबाट आउने अनार विस्थापित हुँने आँकलन व्यवसायी पाण्डेको छ ।

तपाईको प्रतिक्रिया