कोलम्बिया कोपा अमेरीकाको सेमिफाइनलमा

काठमाडौं–असार । पेरुलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

copa footbalशनिबार भएको खेलमा पेनाल्टी सुट आउटमा पेरुलाई ४–२ गोल अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पेरुका दुई खेलाडी गोल गर्न चुकेपछि कोलम्बियाले खेल ४–२ गोलले जितेको हो । पेनाल्टी सुटआउटमा पेरुका मिगुएल एन्जेलको प्रहार कोलम्बियाका गोल रक्षकले उत्कृष्ट बचाउ गरे भने क्रिष्टियन अल्बेर्टोको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

copa footbalफाइनल प्रवेशका लागि अब कोलम्बियाले चिली र मेक्सिकोबीचको बिजेतासंग खेल्नेछ । यसअघि नै सेमिफाइनलमा पुगेको अमेरिकाले अर्जेन्टिना र भेनेजुएलाबीचको विजेतासंग खेल्नेछ ।

तपाईको प्रतिक्रिया