प्रौढ महिलाका लागि पाल्पामा विद्यालय, लेखपढमा आमाहरु

म्याग्दी–असार । विभिन्न कारणले शिक्षाको पहुँचमा आउन नसकेकालाई आधारभूत शिक्षा प्रदान गर्ने उद्देश्यले म्याग्दीको बेनीमा उज्यालो बैकल्पिक विद्यालय सञ्चालन भएको छ ।

vlcsnap-2016-06-18-20h44m18s040बैकल्पिक विद्यालय स्थापना भएपछि बेनी र आसपासका क्षेत्रका प्रौढ महिलाहरू लेखपढ गर्न सिक्दैछन् । बेनी नगरपालीका ७ कालीपुलकी ५८ वर्षिया भूलमाया तिलीजालाई आफ्नै हातले नाम, थर लेख्ने ठूलो धोको छ । उहांलाई उपभोक्ता समितिको बैठक, आमभेलामा सहभागी हुँदा र कार्यालयमा निवेदन लिएर जाँदा लेखपढ गर्न नजानेका कारण दुख र असजिलो लाग्ने गरेको छ । थरथर हात कमाएर भएपनि हस्ताक्षर सम्म गर्न सक्ने तिलीजा अंक, अक्षर लेखपढ गर्न सिक्नका लागि बेनीमा सञ्चालीत गृहीणी कक्षामा सहभागी हुनुभएको छ ।

बेनीको म्याग्दी सामुदायीक पुस्तकालयमा सञ्चालित उज्यालो बैकल्पीक विद्यालयमा बेनी र आसपासका क्षेत्रका ११० जना प्रौढ महिलाहरु भर्ना भएर बुढेशकालमा अंक, अक्षर चिन्न सुरु गरेका छन् । सबैको चाहना नेपाली र अंग्रेजी अंक, अक्षर चिन्ने र लेख्ने भएर मोवाईल, सामाजिक सञ्जाल चलाउने रहेको छ । शिक्षाको अभावमा विभिन्न समस्या भोगेका प्रौढ महिलाहरुको लक्ष्यचाहिँ दश कक्षा उत्तीर्ण हुने छ । उमेरका कारण आँखा कम देख्ने, बिर्सीने, पढाएको कुरा तत्कालै नबुझ्ने जस्ता समस्या भएपनि आमाहरु उत्साहित हुँदै घरको कामधन्दा सकेर दिउँसोको समयमा पढ्न जाने गरेका छन् ।

निरक्षर र घरायसी तथा पारिवारीक कारणले विद्यालय तहसम्मको शिक्षा हाँसील गर्न नसकेकाहरुका लागि बेनी सामुदायीक उच्च मावि अन्तरगत शैक्षिक सत्र २०७३ देखि बैकल्पीक विद्यालय सञ्चालन गरेको हो । तिन जना सहजकर्ता शिक्षक रहेको विद्यालय सञ्चालनका लागि मासिक पाँच हजार भाडा तिर्नेगरी दुई वटा कोठा भाडामा लिइएको छ । गृहीणी कक्षाका लागि जिल्ला शिक्षा कार्यालयले वार्षिक दुई लाख रुपैयाँ उपलब्ध गराउने र समुदाय स्तरमा समेत चन्दा संकलन गरिएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया