एमाले र कांग्रेसबीच संसद कार्यसञ्चालनमा सहमति

काठमाडौं–असार ४ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच संसद् कार्यसञ्चालनको विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

nc-umlप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच नियमावलीमा साझा धारणासहित अघि बढ्ने सहमति भएको हो । मतदानको माध्यमबाट अघि बढ्दा दलहरुबीचको दूरी बढ्न सक्ने भन्दै शीर्ष नेताहरु सहमतिकै आधारमा अघि बढ्न तयार भएका हुन् । यस अघि सत्तारुढ एमालेलगातयका दल नयाँ संविधानअनुसार १५ सदस्यीय र विपक्षी कांग्रेस पुरानै संख्यामा सुनुवाई समिति गठन हुनुपर्ने अडानमा थिए । संसद्को नियमावली बन्न नसक्दा प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र राजदूतहरुको संसदीय सुनुवाई हुन सकेको छैन ।

बैठकमा एमालेबाट प्रधानमन्त्री सहित नेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

तपाईको प्रतिक्रिया