दाचुलामा बर्थिङ सेन्टर पुगेर सुत्केरी गराउनेको संख्या बढ्दो

दार्चुला–असार । दार्चुलाका बर्थिङ सेन्टरमा पुगेर सुरक्षित सुत्केरी गराउनेहरुको संख्या दार्चुलामा बढ्न थालेको छ ।
hospital5विभिन्न स्वास्थ्य संस्थाहरुले  जिल्लामा  बर्थिङ सेन्टर स्थापना गरेर सहज सुविधा दिएपछि सुत्केरी गराउनेहरुको आकर्षण बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार पछिल्ला वर्षहरुमा बर्थिङ सेन्टरमै गई सुत्केरी गराउने महिलाहरुको संख्या बढ्दो क्रममा छ ।

बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलाहरुको संख्या बढ्दै गएपछि जिल्लामा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको छ । अहिले जिल्लाभरी २४ वटा बर्थिङ सेन्टरहरु सञ्चालनमा रहेको र यो वर्ष स्वास्थ्य संस्थामा गई सुरक्षित सुत्केरी गराउनेको संख्या ५० प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

सुदूरपश्चिमका अन्य जिल्लाहरुको भन्दा दार्चुलाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भए पनि पूर्वाधार निर्माण तथा जनशक्तिलगायतका समस्याका कारण गुणात्मक सुधार भने देखिएको छैन ।

Published On:  435पटक हेरिएको

तपाईको प्रतिक्रिया