विराटनगर–असार ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेशी समुदायको आन्दोलनलाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक हुने बताउनुभएको छ ।
प्रदेश नम्बर १ को एकता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि बिराटनगर पुग्नु भएका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय सरकारले मात्रै अहिलेको निकास दिन सक्ने बताउनुभएको हो । मधेसी समुदायको मागको सम्बोधन सम्भव भएको भन्दै उहाँले यी आवत समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको बताउनुभएको थियो ।
राष्ट्रिय सहमतिका लागि सबै दलहरुबीच राष्ट्रिय एकता आवश्यक भएको भन्दै दाहालले निर्वाचन गर्नुपर्छ भन्नेमा सबै सहमत भएपनि निर्वाचन कार्यतालिकाबारे सहमति नभएको खुलासा गर्नुभएको थियो । स्थानीय निकायका संरचना निर्धारण गर्न गठित आयोगले तयार पारेपछि राष्ट्रिय एकताका आधारमा अन्य निर्णय गर्नुपर्ने दाहालको भनाइ थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका सामु देखिएका जटिल समस्या समाधान गर्न एउटासँग मिलेर अर्कोलाई पेल्ने प्रबृत्ति बाधक भइरहेको जिकिर गर्नुभएको थियो