बाथ रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम गरियो

काठमाडौं–असार ४ । वाथरोग विरुद्ध जनचेतना जगाउने उदेश्यले काठमाडौमा बाथरोग सचेतना सम्बन्धि विभिन्न कार्यक्रम गरिएको छ ।

बाथरोग सचेतना अभियान कार्यक्रम अन्तर्गत शनिबार मोटरसाइकल र्‍याली तथा फोटो प्रर्दशनी गरिएको हो । नेशनल बाथरोग सेन्टर रातोपुलवाट सुरु भएको र्‍याली काठमाडौका विभिन्न स्थान र ललितपुरको मंगलबजारसहित विभिन्न स्थानको परिक्रमा गरी सुन्धारामा आएर समापन गरिएको थियो ।

त्यस्तै काठमाडौंको सुन्धारामा बाथरोग सम्वन्धि जनचेतनामुलक फोटो प्रर्दशनी समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया