बेलायतमा सांसदको मृत्यु

एजेन्सी । बन्धुकधारीले चलाएको गोली लागेर गम्भीर घाइते भएकी बेलायती लेवर पार्टीकी सांसद जो कोक्सको मृत्यु भएको छ । कोक्सको उपचारका क्रममा मृत्यु भएको हो । लेबर पार्टीका तर्फबाट सांसद रहेकी ४१ वर्षीया कोक्समाथि बन्धुकधारीले गोली तथा चक्कु प्रहार गरेका थिए । इंग्ल्याण्डको चुनावी क्षेत्रमा एक मिटिङमा रहेको समयमा कोक्समाथि आjooक्रमण भएको थियो ।

घटनापछि प्रहरीले ५२ वर्षीय एक व्यक्तिलाई हत्याको अभियोगमा नियन्त्रणमा लिएर छानबिन थालेको छ । सांसद कोक्सको निधन भएपछि युरोपेली संघको जनमत संग्रहको प्रचार अभियान स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया