काठमाडौं, असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकायको चुनावबाट भाग्न खोज्नु लोकतन्त्रलाई अवरुद्ध पार्नु सरह हुने बताउनुभएको छ ।
तनहुँको दमौलीमा शुक्रबार प्रेस चौतारी गरेको कार्यक्रममा वरिष्ठ नेता नेपालले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको बताउनुभएको हो ।
उहाँले सरकारले स्थानीय, प्रदेश सभा र केन्द्रीय संसद गरी तीन चरणमा चुनाव गर्ने उद्देश्यले रोडम्याप तयार गरेको हुँदा निर्वाचन डेढ वर्षभित्र सम्पन्न गर्नुपर्ने पनि बताउनुभयो ।