स्थानीय निर्वाचनको घोषणा झुट खेती हो : देउवा

काठमाडौं, असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर जनतामा झुठको खेती गरेको आरोप लगाउनुभएको छ ।

प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा गरेको पत्रsher_bd_deuwa_250कार भेटघाटमा सभापति देउवाले संविधान कार्यान्वयन गर्नुभन्दा पनि उखान टुक्का र झुटा आश्वासन बाँड्दै जनतालाई अलमलाइरहेहो आरोप लगाउनुभयो ।

 

उहाँले अहिलेको सरकार संविधान कार्यान्यवन गर्ने पक्षमा नरहेको पनि आरोप लगाउनुभयो । संविधान कार्यान्वयन गर्नका लागि स्थानीय निकायको निर्वाचन, प्रान्तीय निर्वाचन र केन्द्रीय निर्वाचन हुनुपर्ने बताउँदै त्यसका लागि अहिलेको सरकार अनकनाइ रहेको बताउनुभयो ।

Published On:  325पटक हेरिएको

तपाईको प्रतिक्रिया