काठमाडौं, असार । प्रधानमन्त्री केपीशर्मा ओलीले मन्त्रिपरिषद्ले पारित गरेको संविधान कार्यान्वयनको कार्यतालिका हेरफेर गर्न नसकिने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले पारित गरेको संविधान कार्यान्वयनको कार्ययोजनामा धेरै हेरफेर गर्न नसकिने भन्दै जतिसक्दो छिटो प्रतिवेदन बुझाउन स्थानीय तहको संख्या र सीमा निर्धारण आयोगलाई निर्देशन दिनुभएको हो । उहाँले आगामी मंसिरमा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गराइनुपर्ने अन्यथा संविधानको कार्यान्वयन गर्न समय अपुग हुने बताउनुभयो । संविधान कार्यान्वयनको कार्यतालिका कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दै प्रधानमन्त्री ओलीले समय अपुग भएपनि आफू संविधान संशोधन गर्ने पक्षमा नरहेको बताउनुभयो ।