सरकार संविधान कार्यान्वयन गर्न लागेको छ : पर्यटन मन्त्री पोखरेल

असार २ । असार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेलले सरकार संविधान कार्यान्वयन र संविधानले कल्पना गरे अनुसारको संयन्त्र निर्माणमा लागिपरेको बताउनुभएको छ Ananda-Pokharel। नेपाल पर्यटन बोर्ड र राष्ट्रिय पर्यटन पत्रकार संघ नाटोजले आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले संविधान जारी पछिको पहिलो सरकार भएकाले सरकारको सम्पूर्ण ध्यान कार्यान्वयनमा लागिपरेको बताउनुभएको हो । संविधानले नै २०७४ माघ ७ गतेसम्म राज्य पुनर्संरचना, तीन तहको चुनावलगायतका काम तोकेकाले सरकार त्यसैअनुसार अगाडि बढेको उहाँको भनाइ छ । मन्त्री पोखरेलले सरकार भूकम्प र नाकाबन्दीबाट तहसनहस भएको आर्थिक अवस्था सुधारका लागि केन्द्रित रहेको बताउनुभयो । सरकारले भूकम्प प्रभावित १० जिल्लामा भूकम्प स्मारक बनाउन बजेटको समेत व्यवस्था गरिसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता सूर्य थापा, नाटेजका अध्यक्ष शिव अधिकारी, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियालगायतले निजी क्षेत्र पनि सरकारसँग सहकार्य गर्दै पर्यटन विकासमा हातेमालो गर्न तयार रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया