उपराष्ट्रपति स्वदेश फिर्ता

nandakishor-pun1काठमाडौं, असार २ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको सातदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किनुभएको छ । उपराष्ट्रपति पुन युनान प्रान्तको राजधानी कुनमिङमा भएको चौथो चीन–दक्षिण एसिया मेला र २४ औँ चीन कुनमिङ आयात निर्यात व्यापार मेलामा सहभागी भई स्वदेश फर्किनुभएको हो । उहाँलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पणसहित स्वागत गरेको थियो । उराष्ट्रपति पुनलाई स्वागत गर्न प्रधानमन्त्री केपीशर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, मुख्य सचिव सोमलाल सुवेदी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, सुरक्षा अंगका प्रमुखलगायत विमानस्थल पुगेका थिए । उपराष्ट्रपति पुनले ३० जेठमा चीन दक्षिण एशिया एक्स्पो र सोही दिन आयोजित ११ औं चीन दक्षिण एशिया बिजनेश फोरमलाई सम्बोधन गर्नुभएको थियो । भ्रमणका क्रममा पुन र चीनका उपराष्ट्रपति वाङ याङलेबीच भेटवार्ता भएको थियो । उपराष्ट्रपति पुनले राष्ट्रपति शि जिनपिङलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको निमन्त्रणा पत्र उपराष्ट्रपतिमार्फत हस्तान्तरण गर्नुभएको थियो । भ्रमणका क्रममा उपराष्ट्रपति पुनले चीनको एकमात्र बोटानिकल गार्डेन र विद्युत् उत्पादनस्थलको अवलोकन भ्रमण पनि गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया