सरकार र संघीय गठबन्धनवीचको वार्ता अन्योलमा

काठमाडौं, असार २ । सरकारले टेवलवार्ताबाटै निकास निकाल्न सकिने भन्दै पटक–पटक संवादमा आउन आन्दोलनरत पक्षलाई आह्वान गरेको छ । वार्तामा आउन लिखित पत्र नै पठाएको सरकारका तर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुले विभिन्न सार्वजनिक कार्यक्रम मार्फत आन्दोलनरत पक्षलाइ वार्ता तथा संवादमा आउन आवाह्नन गरेका छन् । हुनत, अहिलेसम्म सरकारको लिखित पत्र, प्रधानमन्त्री तथा मन्त्रीहरुको वार्ता आह्वान खासै प्राभावकारी देखिएको छैन । दुबै पक्ष आ–आफ्नै अडानमा यथावत देखिदा वार्ता प्रक्रिया अबरुद्ध छ । राजनीतिक विश्लेषकहरू पनि तत्काल वार्ताबाट निकास निस्कने सम्भावना कम भएको बताउँछन् । आन्दोलनरत पक्षको बहिस्कारकाबीच गठन भएको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको वार्ता समितिसँगको वार्ता तथा संवादमा नबस्ने अडान संघीय गठबन्धनको कायमै रहनु र वार्ता तथा संवादका लागि सरकारको तर्फबाट तत्काल कुनै शिर्ष तहको समिति गठन नहुनुले सरकार र आन्दोलनरत पक्षबीच वार्ता तथा संवाद भैहाल्ने संभावना देखिएको छैन्, र पनि सरकारका तर्फबाट वार्ता आह्वान भने भइनै रहेको छ । यता, आन्दोलनरत पक्षले सरकारलाई दबाब दिन भन्दै थप कार्यक्रम घोषणा गरिसकेको छ । यसले सरकारलाई दबाबमा ल्याएर तत्काल वार्ता तथा संवाद सुरु गराउँछ वा आन्दोलनले अर्कै मोड लिन्छ यसका लागि भने प्रतिक्षा गर्नैपर्छ ।

तपाईको प्रतिक्रिया