एसएलसीको नतिजा सार्वजनिक

mar_20_2012_SLC_examination_lकाठमाडौं, असार २ । प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार यसबर्षको परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । जस मध्ये ४ लाख २५ हजार ५ सय ८२ कक्षा ११ अध्ययन गर्न योग्य भएका छन् । यो भनेको १.६ वा सो भन्दा माथि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका विद्यार्थीहरुको संख्या हो । ०.८ देखि १.२ सम्म जीपीए ल्याएका ८ हजार र ०.८ जीपीए भएका ११ जनाले भने ११ पढ्न पाउने छैनन् । उनीहरुले टीएसएलसी मात्र पढ्न पाउनेछन् । साथै उनीहरुले कम्तिमा दुई वटा विषयमा पुन: परीक्षा दिएर आफ्नो जीपीएमा सुधार गर्न सक्नेछन् । पुन: परीक्षा साउन १४ देखि २१ गतेसम्म तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया