मनपरी पार्किङले सडक अस्तव्यस्त

Parkingकाठमाडौं,असार । न्यूरोड, सुनधारा, नयाँ बानेश्वर, लगाएतका क्षेत्रमा दिनहुँजसो पार्किङका कारण सडक अस्तव्यस्त हुने गरेका छन् । कहाँ पार्कीङ गर्ने कहाँ नगर्ने कुनै ठेगान छैन । पार्कीङ गर्न सडक छेउमा आउनेहरु पनि रनभुल्लमा पर्छन् । अनि महानगरपालिका र ट्राफिकले पनि सवारी र मान्छे हेरेर मनलागि कारवाही गर्छन् । कोहि व्यक्तिलाई छुट कोहीलाई लुट । कतै ट्राफिक र चालकको झगडा त कतै मनलागि पार्किङ अनि कतै मनलागि कारवाही ।
काठमाडौं महानगरपालिकाले निश्चित स्थान र निश्चित लेन छुट्टाएर पार्किङ् व्यवस्थित गर्ने भन्दै २०७० पुस १ गते बाट निशुल्क पार्किङ अबधारणा ल्याएको थियो । तर, यो अबधारणले सडक कब्जा गरेर पार्किङको नाममा मनोमानी लुट मच्चाएका केही समूहलाई विस्थापित गर्ने बाहेक शहरलाई व्यवस्थित बनाउन सकेन । समस्या झन् थप्यो । अहिले काठमाडौं उपत्यकाका सडक, पेटी र फुटपाथ सबै पार्किङ्ग स्थल बनेका छन् । काठमाडौं महानगरपालिका जथाभावि पार्किङ्ग गर्नेलाई कारबाही र व्यवस्थित गर्ने काम भएको दाबी गरिरहन्छ । तर, सडकमा पाकिङ्ग गर्नेहरु घट्दैनन ।

पार्किङमा देखिएको मनोमानी बाट सर्वसाधारण पनि आजित भएका छन् । तर यतिका दृश्य देख्दा देख्दै पनि पार्किङ्ग व्यवस्थित गर्ने जिम्मेवारी पाएको काठमाडौं महानगरपालिका भने अस्तव्यस्त नियन्त्रण गर्ने उपाय आफूसँग नभएको लाचार जवाफ दिन्छ ।हुन पनि काठमाडौं महानगरपालीकाले विभिन्न ७७ स्थानमा सडकपेटीको प्रकृति हेरी एक लाइन वा दुई लाइन मिलाएर मात्र सवारी पार्किङ गर्न पाउने नियम लगाइएको छ । तर त्यो नियम कागजमा मात्र सिमित छ । ब्यवहारिक रुपमा पार्किङको अवस्था लथालिङ्ग छ । जथाभावी पार्किङ गर्ने सवारी धनिलाई कारवाहि गने नियम कानुन पनि नभएको हैन ।

तर यो दृष्य देख्दा सवारी व्यबस्थापनमा खासै प्रगति भएको पाईंदैन । यसका बावजुद पनि नियमित अनुगमन भैरहेको र जथाभावी पार्किङ गर्नेलाई कारवाही गर्दै आएको दावी सजिलै सुन्न पाईन्छ । अस्तब्यस्त पार्किङले शहरलाई कुरुप बनाएको छ । सवारी साधनको चाप बढेसंगै सवारी पार्किङको समस्या विकराल बन्दै गैरहेको छ । हो, महानगरपालिका निशुल्क पार्किङको व्यवस्था गरेका छौं भन्छ । तर, कहाँ पार्किङ गर्ने भनेर निश्चित सिमाङकन गर्न सक्दैन । अनि, पार्किङ गरेको मोटरसाईकल मनपरि रुपमा उठाउँछ र प्रति मोटरसाईकल दुई सय देखि एक हजार सम्म अशुल्छ । अनि यसको पनि व्यवस्थित हिसाव किताव राख्दैन । यसलाई हेर्दा निशुल्क पार्किङ महानगरपालिकाका सिमित कर्मचारीका लागि दुहुनो गाई बनेको छ । सडक र पार्किङ्ग व्यवस्थापन कै लागि भनेर महानगरपालिकाले २ सय भन्दा बढी नगर रक्षकहरु खटाएको छ । तरपनि पार्किङ्मा देखिएको अनियमितता रोकिन नसक्नुले महानगरका कर्मचारीमाथि नै प्रश्न उब्जाएको छ ।

तपाईको प्रतिक्रिया