ललितपुर–जेठ । आगामि असार ४ गतेदेखि ललितपुरको जावलाखेलमा फुड फेस्डिबल हुने भएको छ ।
नेशफिल्ड इन्टरनेशल कलेज र मुनलाइट उच्च माध्यािमक विद्यालयको संयुक्त आयोजनामा हुने फुड फेस्टिवलमा विभिन्न खाद्य परिकारको स्टलका साथै नेपालका ख्याति प्राप्त कलाकारको सांगीतिक प्रस्तुती रहने बताइएको छ ।
विभिन्न संघसँस्था तथा व्यापारिक घरनाका फूड स्टलहरु रहने फेष्टिवलमा सहभागिता जनाउनेका लागी २ सय रुपैयाँको टिकटको व्यावस्था गरिएको छ । फुड फेस्टिबलमा १० हजार बढीले अवलोकन गर्ने आयोजकको दाबी छ ।