जेठ ३२ । संयुक्त राष्ट्रसंघले महासभाको ७१ औं सत्रका लागि एसिया प्रशान्त राष्ट्रहरmको समूहबाट चार मध्ये एक उपाध्यक्षमा नेपाललाई छनोट गरेको छ । उक्त सत्र आगामी १३ सेप्टेम्बरबाट सुरु भएर सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने छ ।
निर्वाचनसँगै नेपाल लगातार तेस्रोपटक संयुक्त राष्ट्रसंघीय महासभा महासमितिको सदस्य राष्ट्र हुनेछ । सन् १९५५ मा राष्ट्रसंघको सदस्य बनेयता यो पहिलो घटना पनि हो ।