पीडितका समस्या सुल्झाउन मेलमिलाप आयोगलाई चूनौती

काठमाडौं – जेठ । सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी लिन सुरु गरेको पहिलो दिन अर्थात बैशाख ५ गते १ सय २५ वटा उजुरी दर्ता भएका थिए । उजुरी दर्ता सुरु गरेको ५६ दिनपछि अर्थात गत आइतबार एकैदिन ३ हजार ७९ उजुरी दर्ता भए । यो क्रम असार २ गतेसम्म जारी रहनेछ ।

melmalap aayog१० बर्षे द्धन्द्धकालका पीडितको उजुरी बुझ्न थालेको सत्य निरुपण तथा मेलमिलाप आयोगमा सोमबारसम्म २८ हजार १ सय १६ वटा उजुरी परेका छन् । सोमबार मात्रै पनि देशभर २ हजार ९ सय ९६ वटा उजुरी दर्ता भएकोमा सबैभन्दा बढी मध्यपश्चिमाञ्चलमा ९ सय ४२ उजुरी परेका थिए । उजुरी दिने समय सकिन लागेकाले अन्तिम समयमा उजुरी गर्नेको संख्या बढेको र यो संख्या अझ बढ्न सक्ने सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य लीला उदासी खनाल बताउनुहुन्छ ।mawo gun

खनालका अनुसार पीडित वा पीडितका तर्फबाट अन्य जोकोहीले हत्या, अपहरण, अङ्गभङ्ग, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पति लुटपाट, घरजग्गाबाट जर्बजस्ती निकाला र मानवीय कानून विपरितका अपराध सम्बन्धमा उजुरी दिन पाउने व्यवस्था गरिएको छ ।

melmalip ujuriक्षतिपूर्ती र न्यायको आसा लिएर आयोग पुग्नुभएका काभ्रेका कुशप्रसाद तिमल्सिनाले घर–जग्गा तथा सम्पति कब्जा भएको र ज्यान मार्ने धम्किका कारण विस्तापित भएको पीडा सुनाउदै क्षतीपूर्ती पाउने आशामा आयोग धाएको बताउनुभयो । न्याय र क्षतीपूर्ती माग्न आयोग धाउनेहरुको संख्या निकै बढी देखिदा व्यक्ति किटान गरेर जाहेरी दिने र क्षतीपूर्तीको माग गर्नेहरुको संख्या बढी छ ।
उजुरीमाथि जेठ ५ गतेबाट प्रारम्भिक छानविन थाल्ने र भदौ महिनासम्म छानविन पूरा गर्ने लक्ष्य सहित कामकारबाही अघि बढाइएको आयोगको दाबी छ । पीडित र पीडक दुबैलाई एकै ठाउँ भेला गराएर मेलमिलाप समेत गराउने अख्तियारि पाएको आयोगले माघ २६ गते आफ्नो दुई वर्षे कार्यकाल सकिनुपूर्व नै सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । आगोगमा बढेका उजुरीका चाँङले द्धन्द्धको दिगो व्यवस्थापन गर्छ वा समस्या बढाउँछ यसका लागि भने केहि समय पर्खनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया