सरकारले भूकम्प पीडितलाई वेवस्ता गरेको कांग्रसको ठहर

काठमाडौं, जेठ ३२ । भूकम्प प्रभावितहरुको राहत वितरणमा सरकारले अनावश्यक राजनीतिकरण गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ । भूकम्प प्रभावित जिल्लाका सांसद र सभापतिहरुको मंगलबार बसेको संयुक्त बैठकले यस विषयमा व्यवस्थापिका संसदको बैठकमा जोडदार रुपमा आवाज उठाउने निर्णय पनि गरेको छ । अनुदान रकम वितरण गरेर भूकम्प प्रभावितहरुलाई राहत दिन सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पूर्णरुपमा असफल भएको ठहर कांग्रसले गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको बैठकमा अधिकांश सांसद र जिल्ला सभापतिहरुले सरकारले राजनीतिक आस्थाका आधारमा भूकम्प प्रभावितहरुसाग अनुदान सम्झौता गरेको र त्यसको परिणाम प्रभावितहरुले यो वर्षा पनि अस्थायी टहरामा नै बस्नुपर्ने अवस्था निम्तिएको धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया