मलेसियामा मृत्यु हुने नेपाली कामदारमा ह्दयघात बढि

12जेठ ३१ । मलेसियामा ज्यान गुमाएका नेपालीहरु मध्ये झण्डै ७० प्रतिशतलाई ह्दयघात हुने गरेको तथ्य खुल्न आएको छ । गत वर्ष ४ सय ६१ जनाको मृत्यु भएका मध्ये ७० प्रतिशतको ह्दयघातका कारण मृत्यु भएको नेपाली दूतावासले जनाएको हो । दूतावासका अनुसार लामो समयसम्म काम गर्ने, विशेष गरेर तातो घाममा काम गरेकाले ह्दयघात हुने गरेको छ । अन्य ३० प्रतिशतको मृत्यु भने कार्यक्षेत्रमा हुने दुर्घटना, अत्यधिक मदिरा सेवन र आत्महत्याका कारण हुने गरेको पाइएको छ ।

Published On:  575पटक हेरिएको

तपाईको प्रतिक्रिया