पुनर्निर्माण प्राधिकरण समावेशी भएन : महिलाअधिकारकर्मी

काठमाडौं–जेठ ३१ । महिला अधिकारकर्मीहरुले पुनर्निर्माण प्राधिकरण समावेशी नभएको भन्दै आपत्ति जनाएका छन् ।

महिला कानुन तथा विकास मञ्चले सोमबार काठमाडौंमा गरेको भूकम्प पछिको पुर्ननिर्माण प्रक्रियासंग सम्बन्धित लैंगिक तथा सामाजीक समावेशीकरणका सवाल विषयक कार्यक्रममा महिला अधिकारकर्मीहरुले पुर्ननिर्माण प्राधिकरणमा लैंगिक समावेशिता नभएको गुनासो गरेका हुन् ।

उनीहरुले पुर्ननिर्माणको केन्द्रदेखि स्थानीय तहसम्म लैगिक समावेशीता नभएको आरोप लगाएका छन् ।

कार्यक्रममा पुर्ननिर्माण प्राधिकरणका सह–प्रवक्ता डाक्टर भिष्मकुमार भुसालले पुर्ननिर्माण प्राधिकरण लैगिक रुपले समावेशी नभएको स्वीकार गर्नुभयो ।

उहाँले भुकम्पपछिको पुर्ननिर्माण कार्य सोचे जति दु्रत गतिमा नभएको भएपनि कामै नगरेको भन्ने आरोपको खण्डन गर्नुभयो ।

तपाईको प्रतिक्रिया