विलप्प माओवादीका पाँच कार्यकर्ता पक्राउ

चैत ३१ । प्रहरीले विप्लव माओवादीका पाँच कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । प्रहरीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरहरुमा आक्रमण गरेको भन्दै दाङबाट तीन र म्याग्दीबाट दुई जना जिल्लास्तरीय कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दाङका यमलाल पूँजाली, पूर्ण खनाल र ज्वाला खतिवडालाई पक्राउ गरेको रहेका छन् । सोमबार खतिवडालाई तथा आइतबार बेलुकी खनाल र पूाजालीलाई प्रहरीले पक्राउ गरेको हो । एनसेलको टावरमा आगजनी गरिएको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई अन्धाधुन्द पक्राउ गरिएको भन्दै शितलले विनासर्त रिहाइको माग गरे ।

यसैगरी म्याग्दी सदरमुकाम बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई पनि प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

Published On:  458पटक हेरिएको

तपाईको प्रतिक्रिया