डि प्लस नल्याउने कक्षा ११ मा भर्ना हुन नपाउने

mar_20_2012_SLC_examination_lजेठ ३१ । एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ समान हुने बताइएको छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषण शिक्षाविद रहेको छ । अक्षराङ्कन पद्धति लागू भएपति उच्च माध्यामिक तहको भर्ना सम्बन्धमा सुभाmव दिन गठित समितिले आइतबार उच्च माध्यामिक शिक्षा परिषद्मा यस्तो सिफारिस गरेको हो । सुझाव समितिले विज्ञान र प्राविधिक विषय बाहेकमा कक्षा ११ मा भर्ना हुन एसएलसी परीक्षामा प्त्येक विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने सिफरिस गरेको छ ।

तपाईको प्रतिक्रिया