जेठ ३० । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले गत २०७२ चैत १८ गतेदेखि २९ गते लिएको एसएलसी परीक्षाको नतिजा असार पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । एसएलसीमा देशभरका १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी सहभागी भएका थिए । एसएलसीको नतिजामा यस वर्षदेखि मार्कसिटमा पास वा फेल भनेर लेखिने छैन, त्यसको ठाउँमा विद्यार्थीको नम्बरलाई ग्रेडमा छुट्याइने छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजाअक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ । सबै विषयमा प्राप्तांकअनुसार ग्रेड निर्धारण गर्नुपर्ने भएकाले केही प्राविधिक कठिनाइ हुने बताइएको छ ।