काठमाडौंको फोहोर नीजि क्षेत्रले व्यवस्थापन गर्दै

काठमाडौं–जेठ ३० । सरकारले लामो समयको प्रयासपछि काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिएको छ ।
fohoraप्याकेज वानअन्तर्गत काठमाडौं महानगरभित्रको फोहर नेप वेस्ट, प्याकेज टु र थ्रीअन्तर्गत क्लिन भ्यालीलाई महानगरसबाहिर, ललितपुर र भक्तपुर जिल्लाका तथा कीर्तिपुर नगरपालिकाको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको हो । लगानी बोर्डमार्फत विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएपनि सम्झौता भने भइसकेको छैन । वढीमा तीन महिनाभित्रै सम्झौता गर्ने तयारी सरकार र नीजि क्षेत्रको रहेको बताइएको छ । लगानी बोर्डले पनि सम्झौताका लागि अन्तिम चरणमा काम भइरहेको जानकारी दिएको छ ।

नीजी क्षेत्रलाई दिएपछि जैविक फोहरबाट नेप वेस्टले विजुली, कम्पोस्ट मल र ग्यास उत्पादन गर्ने योजना अघि सारेको छ भने क्लिन भ्यालीले कम्पोस्ट मल, इन्धनको बैकल्पिक साधन, बायोग्यास र बायोडिजेल उत्पादन गर्ने गरि फोहोर व्यवस्थापनको अवधारण अघि सारेको छ ।

तपाईको प्रतिक्रिया