काठमाडौँ–जेठ ३० । कर्णालीका चार जिल्लाका आठ बढी गाविसमा चामल मौज्दात शून्य भएपछि खाद्य संकटको त्रास बढेको छ ।
ठेकेदारहरूको मिलेमतोमा ढुवानी शुल्क वृद्धि भएपछि सरकारले कर्णालीका सुक्खाग्रस्त आठ गाविसमा चामल ढुवानी गर्न सकेको छैन । स्थानीय बासिन्दासँग चामल सकिदा स्थानियमा खाद्य समस्या देखिने भएको छ। सरकारले समयमा ढुवानी गर्न नसक्दा हुम्लाको श्रीनगर र सर्केघाट, डोल्पाको दुनै, काईगाउँ, लिखु र सर्मी, कालिकोटको थिर्पु र मुगुको पुलु गाविसका बासिन्दा चामल अभाव व्यहोर्न बाध्य भएका हुन ।
गत चैतदेखि ती क्षेत्रमा चाम ढुवानी गर्न नसक्दा स्थानीय बासिन्दा भोकमरीको चपेटामा परेका छन्।सरकारले गत चैतमा अन्तिम पटक त्यस क्षेत्रमा चामल ढुवानी गरेको थियो। आपूर्ति मन्त्रालयका अनुसार ढुवानी शुल्क वृद्धि हुँदा चामल ढुवानी गर्न नसकिएको हो । वर्षा यामलाई कारण देखाउँदै ढुवानी गर्ने स्थानीय ठेकेदारले चालू आर्थिक वर्षका लागि स्वीकृत भएको ढुवानी शुल्कमा भारी बृद्धि गरेपछि आठ गाविसमा विशेष राहत कार्यक्रमअन्तर्गत चामल पठाउन सकिएको छैन । अहिले खाना खानका लागि एक गेडा पनि चामल मौज्दात नभएका कारण स्थानिय थप भोकमरीको बिकराल समस्यामा पर्ने देखिएको छ ।
ढुवानी गर्ने ठेकेदारले स्थानीय दलका कार्यकर्ताको मिलेमतोमा वर्षा यामलाई कारण देखाउँदै चालू आर्थिक वर्षका लागि स्वीकृत ढुवानी शुल्कभन्दा झन्डै तीन दोब्बर बढी नयाँ दररेट कायम गरेपछि सरकारले चामल ढुवानीमा समस्या भएको हो । सरकारले आफ्नो सक्रियतामा छिट्टै कर्णालीवासीलाई आइपर्नसक्ने ठूलो संकट पार लगाउनुपर्ने देखिएको छ ।