मुग्लिन-नारायणगढ सडकमा संयुक्त सुरक्षा फोर्स परिचालन हुने

muglin jamजेठ ३० । मुग्लिन नायायणगढ सडक खण्डमा लामो समयदेखि जारी सडक विस्तारका कारण अबरोध र बाढी पहिरोको जोखिम बढेकाले जिल्ला सुरक्षा समिति मार्फत संयुक्त सुरक्षा फोर्स स्थापना गरी सडकमा हुने सबैखाले अबरोध हटाउन संयुक्त सुरक्षा फोर्स परिचाल हुने भएको छ । जिल्लास्थित जनपद प्रहरी र सशस्त्र सीमा सुरक्षा बल आँपटारीको संयुक्त सुरक्षा फोर्स परिचालन गरी अबरोध हटाउने कार्य सुरु हुन लागेको जिल्ला सुरक्षा समिति चितवनले जानकारी दिएको हो । आगामी २ महिनासम्म सो क्षेत्रमा रहने संयुक्त सुरक्षा फोर्समा जनपद प्रहरीका ११ जना र सशस्त्रका १३ जना खटिने प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया