भेरी कोरिडोर निर्माण तिब्र, डोल्पा छिट्टै सडक सञ्जालमा जोडिने

डोल्पा–जेठ २९ । एक वर्षभित्र डोल्पा सदरमुकाम दुनैमा मोटर पु¥याउने लक्ष्यका साथ जाजरकोट–डोल्पा भेरी कोरीडोर मार्गको निर्माण लाई तीव्र गतिमा अघि बढाइएको छ ।

muglin sadak 1सेनाको सडक निर्माण कार्य दलले निर्माण गरिरहेको राष्ट्रिय महत्वको यो आयोजना सरकारले २०६४ सालमा पुरा गर्नेगरि नेपाली सेनालाई निर्माणको जिम्मा लगाएको थियो । उत्तर –दक्षिण लोक मार्गको रुपमा परिणत हुने सडकलाई बजेट विनियोजनमा कम प्राथमिकता दिएकोे डोल्पा बासीको गुनासो रहेको छ । यो मार्ग माथिल्लो डोल्पा हुँदै तिब्बतको नाका जोड्ने उत्तर–दक्षिण लोक मार्ग बन्ने छ । राज्यले कर्णालीबासीलाई उपेक्षा गर्नुको साथै भैगोलिक बनोट वेवास्ता गरेर बजेट विनियोजन गर्ने गरेको डोल्पाली जनताको आरोप छ ।

१ सय १८ किलोमीटर लम्बाईकोे जाजरकोट–डोल्पा सडकको १०२ किलोमिटर ट्रयाक निर्माण भएको छ । जाजरकोट र रुकुम खण्डको ७३.५ किलोमीटर सडकमा यातायात संचालन आएको सडक निर्माण कार्यदलका प्रमुख सेनानी विश्व बन्धु पहाडीले बताउनुभयो । जाजरकोट खण्डको ४६ किलामीटर सडक सम्पन्न भएको छ । रकुम खण्डको ३१ किलोमिटरमा लगभग सम्पन्न भैसकेको छ । डोल्पा खण्डको ४१ किलामीटरमा १६ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । डोल्पा खण्डको बजारे भीर, साङ्ले भीर, चिण्डे, ओडारे, करवगार लगायत २२ भीरको कडा चट्टान काटेर असार मसान्तसम्म रुकुम खण्डको सडक पूरा हुने र डोल्पाको सिमाना त्रिवेनीमा यातायात पुग्ने सेनाको दाबी छ ।

सेनाले जाजरकोटको मनमई, तल्लु, रुकुमको मनकाबगर, डोल्पाको त्रिवेनी, खदाङ्ग लगायत ६ स्थानमा सुरक्षा बेस क्याम्प स्थापना गरेर सडक निर्माण कार्यलाई तीब्रता दिएको छ । कडा चट्टान बाहेकका स्थानमा कच्ची कटान पुरा भैसकेको छ । यो सडकमा अहिलेसम्म ६० करोड रकम खर्च भई सकेको छ । सडक निर्माणका लागि नेपाली सेना र स्थानिय मजदुरहरुले काम गरि रहेका छन् ।
सेनाले ८ बर्ष अघि छिन्चु जाजरकोट, सल्ली बजार, देवस्थल –चौरजहारी  सडकको निर्माण सकिसकेको छ । यो सडक निर्माणमा ५० करोड वजेट आवश्यक निर्माणमा संलग्न सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया