कैलाली–जेठ २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान समस्या समाधानका लागि राष्ट्रिय सहमति र एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
कैलालीको धनगढीमा शनिवार अध्यक्ष दाहालले राष्ट्रिय एकता अहिलेको आवश्कता भएको भन्दै आफ्नो पार्टी एउटा बहुमतीय सरकार ढालेर अर्को बहुमतीय सरकार गठनको पक्षमा नरहेको बताउनुभएको हो । उहाँले संविधान कार्यन्वयन गर्दै देशलाई समृद्ध बनाउन राष्ट्रिय एकता आवश्यक रहेको जिकिर गर्नुभएको थियो । मधेशी, थारु, आदिवासीलगायतका मागहरू राजनीतिक समझदारीमा संविधान संशोधन गरी हल गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।
प्रदेश नम्बर ७ का नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमा सहभागी हुन प्रचण्ड कैलाली पुग्नुभएको हो ।