सिरहा–जेठ २९ । प्रतिकुुल मौसम तथा मधुुवा रोगका कारण सिरहालगायत तराईका जिल्लामा आँपको उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी देखिएसँगै आँपको मूूल्य अकाशिएको छ ।
बम्बै, मालदह, कलकतिया, दशहरीलगायतका आँपको मूल्य गत वर्षको तुलनामा यसपल्ट दोब्बरले वृद्धि भएको भएको छ । आँपको मूूल्य अकाशिएपछि खरिद गर्ने उपभोक्ताहरूको कमीका कारण आँप बजारमा व्यापारीहरुको संख्या पनि गत वर्षको तुलनामा कमी आएको छ । गत वर्ष उक्त आँपहरुको मूूल्य क्रमशः २० देखि ४० रुपैयाँ भए पनि यसपल्ट ४० देखि ८० रुपैयाँ प्रति किलोको दरले बिक्री भइरहेको छ ।
चिचिला लाग्ने समयमै मधुुवा रोगले चिचिला नष्ट गरिनुुका कारण एवम् हावाहुुरी र असिनाले समेत क्षति पुर्याउँदा आँप उत्पादनमा कमी भएपछि कृषकहरु चिन्तित बनेका छन् । आँप उत्पादनको बिक्रीबाट सिरहाका किसानहरुले लाखौं आम्दानी गरिरहेका थिए । स्वादको हिसावले सिरहाको आँप बढी स्वादिलोको कारण अन्य जिल्लाको आँपको तुुलनामा बढी मूूल्यमा नै बिक्री भइरहेको थियो । सिरहाको आँप देशको मुुख्य शहरहरुमा निर्यात मात्र नभई भारत समेत पैठारी हुुने गरेको थियो । ६८ हजार हेक्टर कुुल खेती योग्य जग्गा रहेको सिरहामा करिव ७ हजार हेक्टर जग्गामा आँप खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष उक्त क्षेत्रफलमा करिव ७ मेट्रिक टन आँप उत्पादन भएको थियो । यसपल्ट आँप लाग्ने वर्ष भएकोले गत वर्षको तुुलनामा आँप बढी उत्पादन हुुने भए पनि रोग, असिना एवम् हावाहुुरीले सखाप पारेपछि आँप उत्पादनमा कमी हुन सक्ने कृषि कार्यालयले जनाएको छ ।