हृदयघातका कारण सुत्केरी महिलाको मृत्यु

sutkeri girlउदयपुर–जेठ २८ । जिल्ला अस्पताल उदयपुरमा बिहीबार बेलुकी शल्यक्रिया गर्न लागिएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटस्थित सोनापुर बस्ने २९ वर्षीया जानुका विकको हृदयाघातका कारण मृत्यु भएको अस्पताले बताएको छ ।

सुत्केरी व्यथा लागेर अस्पताल ल्याइएकी विकको शैयामा राखेर शल्यक्रियाका लागि तयारी गर्नै लाग्दा हृदयाघात भई मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया