युरोकप आजबाट सुरु, राति पौने एक बजे फ्रान्स र रोमानिया भिड्दै

काठमाडौ–जेठ २८ । युरोकप फुटबलको १५ औं संस्करण नेपाली समय अनुसार आज साँझबाट फ्रान्समा सुरु हुँदैछ । युरोपियन फुटवलको सर्वाधिक ठूलो प्रतियोगिता युरोकपमा यसपटकदेखि प्रतियोगितामा २४ टोलीलाई समावेश गरिएको छ ।

footbalफ्रान्सका विभिन्न १० शहरमा हुने प्रतियोगितामा सहभागि राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ । समुह ए मा आयोजक फ्रान्ससँगै रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड रहेका छन् । यसैगरी समुह बी मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया रहेका छन् । समुह सी मा जर्मनी युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड छन् भने समुह डी मा स्पेन, चेक गणतन्त्र, टर्की र क्रोएसिया छन् र समुह ई मा बेल्जियम, ईटाली, आयरल्याण्ड र स्विडेन तथा समुह एफ मा पोर्चुगल, आईसल्याण्ड, अष्ट्रिया र हंगेरी परेका छन् ।

प्रत्येक समुहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहने ६ टोलीमध्ये उत्कृष्ट चार टोली प्रि क्वाटरफाईनलमा पुग्नेछन् । मिनी विश्वकपको रुपमा लिइने यो प्रतियोगिताको उद्घाटन खेल राति पौने एक बजे आयोजक फ्रान्स र रोमानियाबीच हुँदैछ ।

तपाईको प्रतिक्रिया