काठमाडौंको भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु

काठमाडौं–जेठ २८ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु भएको छ ।

edu melaइक्यानका अध्यक्ष प्रकाश पाण्डेले नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुको परामर्श दिन मेला आयोजना गरिएको बताउनुभयो । मेलामा परामर्श दिने संस्थाहरुको दुई सय २५ स्टल हुनेछ तथा २५ वटा पेभिलियन रहेका छन् । मेलाले व्यवसाय प्रबद्र्धन गर्ने र सरोकारवाला अभिभावक, विद्यार्थीलाई सुचित गराउने मुख्य उद्देश्य राखिएको आयोजकको दाबी छ । मेलामा आउने विद्यार्थीले युएसए, अष्ट्रेलियाको नयाँ नितीबारेमा जानकारी पाउने बताइएको छ ।

बिगतको मेलामा विदेशी शिक्षण संस्थाको स्टल रहेकोमा यो पटक इक्यान सदस्य मार्फत मात्रै स्टल राख्न पाउने नयाँ व्यवस्था गरिएको छ । अष्ट्रेलियाका १८, न्यूजिल्याण्डका आठ वटा शैक्षिक संस्था विद्यार्थीको परामर्शका लागि मेलामा रहेका छन् । इक्यान मेला सोमबारसम्म चल्ने बताइएको छ ।

 

Published On:  426पटक हेरिएको

तपाईको प्रतिक्रिया