अमेरिकी राष्ट्रपति चुनाव– ओवामाको क्लिन्टनलाई समर्थन

hillary_clinton_obamaन्युयोर्क–जेठ २८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति चुनावका प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई समर्थन दिनुभएको छ ।

डेमोक्याट्रिक पार्टीको तर्फबाट आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि ओबामाले क्लिन्टनलाई समर्थन दिएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् । डेमोक्याट्रिकको तर्फबाट क्लिन्टन र सिनेटर बर्नी सान्ड्रेस प्रतिस्पर्धामा छन् । राष्ट्रपति ओबामाले सिनेटर सान्ड्रेससँगको छलफलपछि क्लिन्टनलाई आफ्नो समर्थन रहेको औपचारिक घोषणा गर्नुभएको बताइएको छ । ओबामाले आफ्नो भिडियो सन्देश मार्फत क्लिन्टन राष्ट्रपतिको जिम्मेवारीका लागि अहिलेसम्मकै उत्कृष्ट र योग्य व्यक्ति रहेको बताउनुभएको थियो ।

राष्ट्रपति ओबामा र क्लिन्टनले चाँडै नै राष्ट्रपति चुनवाको संयुक्त प्रचारप्रसार अभियान सुरु गर्ने योजना बनाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया