विकास र राष्ट्रिय समृद्धि सबैको साझा मुद्दा बन्नुपर्छ : प्रम ओली

Kp-oli11झापा– जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गनुपर्ने त्रताउनुभएको छ । दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै एक जुट हुनुपर्ने बताउनुभएको हो ।

देशलाई विकासको गति दिन वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– “अब साँच्चै मुलुकको मुहार फेर्ने बेला आएको छ, सबै दल, व्यवसायी, आम नागरिक यसैमा समर्पित हुनुपर्छ ।” राष्ट्रको विकासका लागि दिर्घकालिन योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गर्दा आफू प्रधानमन्त्री ओलीको भनाइ थियो । निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन दमक पुग्नुभएका प्रधानमन्त्री ओलीले दमकलाई विकासको नमुना सहर बनाउने अठोट व्यक्त गर्नुभएको छ ।

भ्यूटावरको शिलान्यास लगत्तै प्रधानमन्त्रीले मोरङको मधुमल्ला जोड्ने दमक–५ स्थित मावा खोलामा बन्न लागेको पुलको शिलान्यास गर्नुभएको थियो । नेपाल सरकारको करिब एक अर्बको लगानीमा बन्न लागेको उक्त भ्यू टावर ७२ फिट अग्लो र चारतले हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताउनुभएको छ । दमकको आन्तरिक पर्यटन प्रवद्र्धनमा पूर्वकै नमुना भ्यूटावर करिब पाँच बिघा क्षेत्रफलमा रहेको छ ।

भ्युटावर बनाउन स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्यका जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएर सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया